close

सबस्टेसनमा गडबडी भएपछि भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

सबस्टेसनमा गडबडी भएपछि भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं– चितवनको भरतपुर महानगरस्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको विद्युत् प्राधिकरणले जनाएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत् आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।


प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो ।


प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिटोभन्दा छिटो विद्युत् आपूर्ति सुरु गर्ने प्रयास भइरहेको बताए । रातभरि मर्मत गरेर बुधबार दिउँसो विद्युत् सुचारु हुने उनको भनाइ छ ।