close

वर्षाले देशैभर विद्युत् सेवा अवरुद्ध

वर्षाले देशैभर विद्युत् सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं–बुधबार बिहानैदेखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।  बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

 

सहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट हुँदा तथा अन्य क्षेत्रमा रुख ढलेर प्रसारण लाइनमा क्षति गर्दा विद्युत् अवरुद्ध भएको हो ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यतिबेला २०० मेगावाट विद्युत् अवरुद्ध भएको बताए । काठमाडौंसहित महेन्द्रनगर, बुटवल, विराटनगर, वीरगञ्ललगायत क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको उनले जानकारी दिए ।