close

‘हिरोनीलाई बचाउन गल्ती नहुँदा पनि माफी मागेँ’

‘हिरोनीलाई बचाउन गल्ती नहुँदा पनि माफी मागेँ’

Trulli
ADVERTISEMENT

काठमाडौं । ‘कबड्डी ४ : द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरले आफूलाई ‘ब्याड टच’ गरेको र फुर्पा तामाङले गल्ती गरेको भन्दै दुई पक्षीय सहमति भइसकेको छ ।

कबड्डी ४’ टिमकै सक्रियतामा मिरुना र फुर्पाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । तर फुर्पाले एक भिडियोमार्फत आफ्नो गल्ती नभएको बताएका छन् । एक भिडियोमा उनले कुराकानी गर्दै अभिनेत्री मिरुना मगरलाई बचाउन आफ्नो गल्ती नै नभए पनि माफी मागेको बताएका हुन् ।

‘पत्रमा गलत बुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, यस्तो लेख्दा हिरोनीले मलाई मान्छेहरूले नराम्रो भन्छन्, मलाई बचाउनुस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको पत्र बनाइयो,’ फुर्पाले भिडियोमा भनेका छन् ।

फुर्पाले यसअघि कुराकानीकै क्रममा मिरुनाले थप्पड हानेपछि डराएको बताएका छन् । ‘उहाँले माफी माग्न भन्नुभयो, सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ, उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो,’ भिडियो हेर्नुस्