close

जथाभावी आगो नबाल्न चन्द्रागिरी नगरपालिकाकाे निर्देशन

जथाभावी आगो नबाल्न चन्द्रागिरी नगरपालिकाकाे निर्देशन

Trulli
ADVERTISEMENT

चन्द्रागिरी नगरपालिकाले जथाभावी आगो बालेको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ । 

खुला रुपमा घर वरपर, सडकमा प्लाष्टिकजन्य फोहोर वा कसिंगर बालेर आगो ताप्ने काम नगर्न नगरपालिकाले निर्देशन दिएको हो । यसका साथै नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले सोमबार सुचना जारी गर्दै बाटोमा कुकुरलाई दिसापिसाब गराउने काम पनि निषेध गरेको हो । 

यस्ता कार्यले वातावरण प्रदुषणका साथै दिर्घकालिन रोगको संक्रमण गराउन सक्ने भएकाले निषेध गरेको नगरपालिकाले जनाएको छ । 
यस्ता कार्य गरेको पाइएमा चन्द्रागिरी नगरपालिकाको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।