close

सडक अवरुद्ध नपार्न वडाध्यक्षको अनुरोध

सडक अवरुद्ध नपार्न वडाध्यक्षको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । चाँगुनारायण नगरपालिका–५ का वडाध्यक्ष जयन्द्र खड्काले सडक अवरुद्ध हुनेगरी निर्माण सामग्रीलगायत राखिएका अन्य सामग्री हाटइदिन अनुरोध गरेका छन् । 

वडाध्यक्ष खड्काले बुधबार एक सूचना जारी गरी यस्तो अनुरोध गरेका हुन् । 

‘चाँगुनारायण नगरपालिका वडा नम्बर  ५ अन्तर्गत तेलकोट, मनकामना मन्दिर, मच्छेनारायण, वन गाउँ ट्यागल गाउँबाट पिखेल ढुंगेधारा, पकुनेपाटी, डेकोचाका  हुँदै बागबजार काठमाडौंसम्म यही मिति २०७९/०४/०१ गतेबाट सार्वजनिक यातायात सुविधा सञ्चालन हुने भएकाले उक्त बाटोअन्तर्गत सडक छेउमा सडक अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्रीलगायत संरचना यथाशीघ्र हटाइदिन अनुरोध गरिन्छ,’जारी सूचनामा भनिएको छ ।