close

ललितपुर महानगरमा दुईपाङ्ग्रे विद्युतीय सवारीबाट गस्ती गरिने

ललितपुर महानगरमा दुईपाङ्ग्रे विद्युतीय सवारीबाट गस्ती गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरले 'नगरवासीको सेवामा एक कदम अगाडि'नारासहित दुईपाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ। 

बिहीबार भएको एक कार्यक्रमका क्रमबीच महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीको उद्घाटन गरे । 

उनका अनुसार गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, सर्वसाधारणलाई असहज हुने गरी राखिएका फुटपाथ हटाउनेलगायत काम गर्नेछ ।