close

कोरोना नियन्त्रणमा पछि परे मुगुका स्थानीय सरकार, भेन्टिलेटरदेखि अक्सिजनसम्म अभाव

कोरोना नियन्त्रणमा पछि परे मुगुका स्थानीय सरकार, भेन्टिलेटरदेखि अक्सिजनसम्म अभाव

Trulli
ADVERTISEMENT

मुगु– मुगुमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । आइसोलेसन बेड, अक्सिजन र भेन्टिलेटर नहुँदा संक्रमितह होम आइसोलेनमै दिन कटाउन बाध्य छन् । 

 

कोरोना संक्रमित दिनप्रतिदिन भेटिँदै गए पनि उपचार गर्न जिल्ला अस्पतालसमेत पूर्वाधार अभाव छ । आइसियु, बेड र अक्सिजन सिलिन्डरको पनि अभाव देखिएको छ । 

 

मुगुमा हाल संक्रमितको संख्या १ सय नाघिसकेको छ । कोरोना संक्रमण समुदाय स्तरमै फैलिइसकेको अवस्था छ ।

 

मुगुमा एउटा नगरपालिकासहित ३ वटाँ गाउपालिका छन् । तर, यी गाउँका सिंहदरबारले संक्रमितलगायत अन्य नागरिकलाई कोरोना संक्रमणका बेला राहत दिनुको साटो सिन्कोसमेत नभाँचेको पाइएको छ । 


४ वटा स्थानीय तहमध्ये मुगु कार्मारोङ गाउँपालिका १०, सोरुमा २० , खत्याड गाउँपालिका ५ वटा र छायानाथ रारा नगरपालिका जिल्ला अस्पतालमार्फत १० बेडको आइसोलेसनमा भर परेका छन् । जिल्लाभर कुनै पनि आइसियु सुविधा छैन । भेन्टिलेटर नहुँदा आइसियु सञ्चालन नगरिएको हो ।

 

तर, आइसियु र भेन्टिलेटरजस्तै सेवा दिने एलजियु (हाइ डिपेन्डेन्ट युनिट) व्यवस्था गर्नुपर्ने अवस्था आएको जिल्ला अस्पताल मुगुका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । 

 

अस्पतालमा हाल २ वटा अक्सिजन सिलिन्डर मात्र छन् । २७ वटा खाली सिलिन्डर भर्न नेपालगञ्ज पठाइएको छ । ‘कोरोनाका संक्रमित बिरामीका लागि सरकारसँग थप सिलिन्डर माग गरे पनि सुनुवाइ भएको छैन,’ बुढाले भने, ‘गम्भीर खाले बिरामी उपचारका लागि गाह्रो छ । थप उपचार गर्न सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुबाहेक कुनै विकल्प छैन ।’
 
संक्रमितको संख्या ह्वात्तै बढे पनि ४ वटै स्थानीय तहले रोकथाम तथा नियन्त्रणमा पहल नगरेको नागरिकको गुनासो छ । ‘कोरोना समुदाय स्तरमा फैलिँदै गए पनि यसको नियन्त्रण, उपचार र परीक्षणका लागि स्थानीय सरकारहरूले पहल नगर्दा भयावह अवस्था आउन सक्ने स्थिति छ’, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई भन्छन् । 

 

कार्मारोङ डाक्टरविहीन


मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले चिकित्सक अभाव भोग्दै आएको छ । गत वर्ष १ कात्तिकदेखि १ माघसम्म १० बेडको अस्थायी कोभिड अस्पतालक लागि २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको भरमा कोभिड अस्पताल सञ्चालन गरिएको थियो । 

 

तर, आर्थिक अवस्था कमजोर भएपछि उक्त अस्पताल हाल बन्द रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

 
उनले भने, ‘अहिले दोस्रो लहरको कोरोना भेरियन्ट तीव्र गतिमा फैलिएपछि रोकथाम तथा नियन्त्रण गर्न र कोभिड संक्रमितलाई उपचार गराउन अस्पताललाई पुनः सञ्चालनमा ल्याउने तयारी छ ।


त्यसका लागि १७ वैशाखमा बसेको गाउँकार्यपालिका बैठकले प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेत र केन्द्र सरकारलाई आवश्यक बजेट तथा जनशक्ति पठाउन माग गरिएको छ । तर, हालसम्म कुनै सुनुवाइ नभएको कठायत सुनाउँछन् ।