close

प्रयोगशालामा जनशक्ति अभाव : थुप्रिन थाल्यो स्वाब

प्रयोगशालामा जनशक्ति अभाव : थुप्रिन थाल्यो स्वाब

Trulli
ADVERTISEMENT

बागलुङ बिहान आँखा मिच्दै प्रयोगशाला पुगेका नारायण कोइराला राती १० बजेपछि मात्रै त्यहाँबाट बाहिरिन्छन् । धौलागिरि अस्पतालको आरटी पिसिआर प्रयोगशालाका प्रमुख कोइराला मात्रै होइन, त्यहा काम गर्ने रश्मी शर्मा अर्जुन क्षेत्रीको पनि दैनिकी उस्तै हो

 

सरकारी नियमअनुसार उनीहरूले घन्टा काम गरे पुग्छ सोही घन्टा समयभित्र खाना खाजाको समय पाउँछन् तर, अहिले अवस्था सुविधा खोज्ने खालको छैन । अस्पतालको प्रयोगशालामा थुप्रिएका थ्रोट स्वाबका नमुना शय्यामा छटपटाइरहेका बिरामीले उनीहरूलाई अत्याइरहेका हुन्छन् नारायण, रश्मी अर्जुनले दिनको १५ घन्टा काम गरिरहेका छन्

 

उनीहरूको कामलाई स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले पनि सघाएका छन् प्रयोगशालाको क्षमता दिनमा सय नमुना परीक्षण गर्ने हो एक पटकमा ७० वटा नमुनाको परीक्षण गर्न सकिन्छ व्यक्तिगत स्वास्थ्य सुरक्षा कबच लगाएर सिफ्टभन्दा धेरै काम गर्न कठिन हुन्छ

 

मानवीय धर्म सम्झेर काम गरेका छौँ विकल्प छैन हामीले सिफ्टभन्दा गर्दैनाँै भन्दा स्थिति भयावह हुन्छ,’ कोइराला भन्छन्जनशक्तिको व्यवस्थापन भए सहज हुने थियो

 

हालसम्म अस्पतालमा सय संकलन भइसकेका नमुना जाँच गर्न बाँकी छन् धौलागिरि अस्पतालमा आउने शंकास्पद बिरामी स्वास्थ्य कार्यालयले गर्ने कन्ट्याक ट्रेसिङमा परेकाहरूको स्वाब लिने काम पनि चलिरहेको

 

दिनको पटक मेसिनमा राख्न पुग्ने स्वाब अस्पतालले नै संकलन गर्छ,’ कोइराला भन्छन्, ‘त्यसबाहेक बाहिरबाट आउने स्वाबको परीक्षण पाइप लाइनमा राखेर गरिरहेका छौँ

 

प्रयोगशालाले अस्पतालमा आउने शंकास्पद बिरामीलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरेको संक्रमण दर बढेको स्वाब संकलनसमेत धेरै भएकाले एकै दिनमा रिपोर्ट पाउन कठिन । पछिल्लो समय स्वाब संकलन भएको चार दिनसम्म रिपोर्ट दिन सकिएको अस्पतालले जनाएको

 

सामाजिक विकास मन्त्रालयले प्रयोगशालाका लागि थप जनशक्ति व्यवस्थापन गरेको पर्वत अस्पतालमा रहेका ल्याब टेक्निसियन मुस्ताङ अस्पतालका ल्याब असिस्टेन्टलाई बागलुङ खटाइएको । मन्त्रालयले २२ वैशाखमा निर्णय गरेर उनीहरूलाई यहाँ पठाएको हो २८ वैशाखमा रमाना लिइसकेका प्राविधिकहरू अझै अस्पतालमा आएका छनैन्

 

जनशक्ति अभावका कारण प्रयोगशालाको काम निरन्तर गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको अहिले यहाँको प्रयोगशालामा म्याग्दी, पर्वत मुस्ताङमा संकलन भएका स्वाब परीक्षण भइरहेका छन् पोखराबाट समेत स्वाब परीक्षण गरिदिन अनुरोध आउने गरेको प्रयोगशालाका एक प्राविधिकले बताए