close

कालीगण्डकी अस्पतालमा स्वास्थ्य बिमा

कालीगण्डकी अस्पतालमा स्वास्थ्य बिमा

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी अस्पताल मिर्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । भर्चुअलमार्फत कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले कार्यक्रम सुरु गरेका हुन् ।

 

अध्यक्ष थापाले यस क्षेत्रको स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । गाउँपालिका नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएकाले यो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।


गाउँपालिकाले राष्ट्रिय बिमा बोर्डसँग सेवा सञ्चालनका लागि सहकार्य गरेको हो ।े गाउँपालिकामा लागू भएको स्वास्थ्य बिमाले यहाँका नागरिकलाई स्वास्थ्योपचारमा सहयोग पुग्नेछ ।


यसअघि यस अस्पतालमा उपचार गर्दा बिरामीले पैसा तिर्नुपथ्र्यो भने अब बिमा गराएका कुनै पनि बिरामीले स्वास्थ्य बिमा बोर्डले तोकेको मापदण्डअनुसार उपचार सेवा पाउने अध्यक्ष थापाले बताए ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले स्वास्थ्य बिमा सामाजिक सुरक्षाअन्तर्गतको वैज्ञानिक कार्यक्रम रहेकाले यसबाट नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।