close

एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुन सक्ने भन्दै सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।


शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी अत्यधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्क प्रयोग गर्न, बारम्बार हात धुन तथा २ मिटरको दूरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


यसअघि नेपालमा ३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । १ हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो ।

 

एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ ।