close

कोरोना त्रास : सिंहदरबारमा बस्यो सिसिएमसिसीको बैठक

कोरोना त्रास : सिंहदरबारमा बस्यो सिसिएमसिसीको बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारीको संक्रमण बढ्न थालेपछि सरकारले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक डाकेको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको हो ।


बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे छलफल गरिएको थियो भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे सहभागीलाई जानकारी दिएको छ । पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण बढ्न थालेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले थप २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताएको छ ।

 

एकै दिन ९६८ जना संक्रमित
पछिल्लो २४ घन्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० बढी थपिएको हो ।

 

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।


पछिल्लो २४ घन्टामा काठमाडौंमा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८÷८ जनामा संक्रमण पुष्टि भएको छ ।