close

डब्लुएचओको महानिर्देशकमा पुन: टेड्रोस निर्वाचित

डब्लुएचओको महानिर्देशकमा पुन: टेड्रोस निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन् ।

 

डब्लुएचओका सदस्य राष्ट्रहरूले आज डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन् । सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका टेड्रोस पुन: पाँच बर्षका लागि निर्वाचित भएका छन् ।

 

स्वीजरल्याण्डको जेनेभामा तीन दिन देखि जारी ७५औँ विश्व सम्मेलनले यसपटक नयाँ महानिर्देशक पनि छान्नुपर्ने थियो । सोही सम्मेलनबाट डा टेड्रोस छानिएका हुन् । यद्धपी छनौट प्रक्रियामा उनी एक्ला उम्मेद्धार थिए । त्यसैले उनी निर्विरोध महानिर्देशक पदमा दोहोरिएका हुन् ।

 

त्यसो त डब्लुएचओको कार्यकारी बोर्डले गत जनवरीमै डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि उम्मेद्धार बनाउँदै मनोनयन प्रक्रिया अघि बढाएको थियो ।

 

डा टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्टदेखि सञ्चालन गर्नेछन् । यो डव्लुएचओको नीति र प्रक्रिया अनुसार सञ्चालन हुनेछ ।

 

डब्लुएचओको महानिर्देशक बन्नु अघि सन् २००५ देखि २०१२ सम्म एचआईभी, क्षयरोग र मलेरियाविरुद्ध काम गर्ने संस्था ग्लोबल फन्डको अध्यक्ष थिए ।