close

नेपालमा  अफ्रिकन स्वाइन फिभर फेला, मान्छेमा सर्छ कि सर्दैन ?

नेपालमा  अफ्रिकन स्वाइन फिभर फेला, मान्छेमा सर्छ कि सर्दैन ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ ।

 

काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो ।

 

केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको थियो ।

 

नेपालमा पहिलो पटक संक्रमणको आशंका भएकाले रोग पुष्टि गर्न विश्व पशु स्वास्थ्य संगठन नमुना पठाइएकोमा २ जेठमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले जनाकारी दिए ।

 

पशु विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश सरकार र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा काठमाडौं कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रगिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको छ ।

 

विभागका महानिर्देशक डा. तिवारीका अनुसार घरपालुवा सँगुर, बङ्गुर र जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएकाले अति खतनाक महामारीजन्य सरूवा रोग हो । तर यो पशुबाट मानिसमा सर्दैन ।

 

यस रोगविरुद्धको हालसम्म कुनै खोप उपलब्ध नभएकाले कुनै पनि स्थानमा अस्वाभाविक रुपमा सुँगर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायलाई खबर गर्ने विभागले आग्रह गरेको छ ।