close

काठमाडौंमा २७ जनामा हैजा, पाँच वर्ष मुनिका दुई जनामा पनि संक्रमण

काठमाडौंमा २७ जनामा हैजा, पाँच वर्ष मुनिका दुई जनामा पनि संक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँमा अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जनामा हैजा पुष्टि भएको हो । 

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो । 

सुरूमा असार २ गते हैजा देखिएको थियो । काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो ।

त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो । 

असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो । 

असार ६ गते बुढानिलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोराटारमा पनि हैजा देखिएको थियो । 

अहिले तीन जना अस्पतालमा उपचाररत छन् । दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो ।