close

थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३२८ जनामा गरिएको परीक्षणाका क्रममा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आइसियूमा छन् । गत मगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।