close

नि:शुल्क डेंगु परीक्षण

नि:शुल्क डेंगु परीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले निःशुल्क डेंगु परीक्षण गर्ने गरेको छ । प्राथमिक अस्पतालमा थानकोटले  नि:शुल्क रूपमा परीक्षण तथा उपचार समेत भइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरिले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने,’नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।’

अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेङ्गु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन् । पन्ध्र शय्याको अस्पतालले डेङ्गु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ ।