close

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगर अस्पताल र मध्यपुर थिमी नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य हुने भएको छ । दुवै अस्पतालका बिचमा एक कार्यक्रम बिच विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य पुर्याउनको लागि सहमति पत्रमा हस्ताक्षर गरी गरिएको छ ।  

चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा आयोजित बृहत् विशेषज्ञ स्वास्थ्य शिविर उद्घाटन समारोहमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरे। 

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख एवं कोरियामैत्री नगरपालिका अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले चाँगुनारायण नगरपालिकासँग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले स्थानीय निकायहरू बिच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगर बासीहरू लाभान्वित हुने बताए। फोहोर मैला व्यवस्थापनमा पनि मध्यपुर थिमी नगरपालिकाले चाँगुनारायण नगरपालिकासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहेको बताए। 

कार्यक्रमका अध्यक्ष चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्वास्थ्य बिमा , निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि आफ्ना मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको बताए। 

उनले स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच होस् र गुणस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालबाटै उपलब्ध गराउन अस्पतालको स्तारोन्नती गर्ने तर्फ नगरपालिका लागि परेको जानकारी दिए। उनले अक्सिजन प्लान्ट नगर अस्पतालमै निर्माण गरिएकोले अक्सिजन आवश्यक बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइने बताए। स्वास्थ्य सम्बन्धी हक मौलिक हक अन्तर्गत पर्ने भएकोले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक रहेको उनले बताए। प्रभावकारी रूपमा स्वास्थ्य सेवा आम जनतामा उपलब्ध गराउनको लागि सरकारी तथा गैह्र सरकारी निकाय र स्थानीय तहबिच समन्वय र सहकार्य गरी कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित न कुरामा नगर प्रमुख खत्रीले जोडे दिए। 

अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं दैनिक कार्यसंचालन समितिका संयोजक मनोजकुमार थापाले २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा  प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७७ मङ्सिर २८ गतेबाट  चाँगुनारायण अस्पतालको रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए। दैनिक ओ.पी.डी सेवा दिँदै आएको नगर अस्पतालले अब देखि साप्ताहिक रूपमा हाड जोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञलगायतको सेवा प्रदान गरिने अस्पतालका मेडिकल अधिकृत शैलेस तवानाबासुले  बताए।