close

घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजनामा भक्तपुर अस्पताल

घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजनामा भक्तपुर अस्पताल

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर अस्पतालले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले भक्तपुर जिल्लाभित्रका चार वटै नगरपालिकामा घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतमका अनुसार सो कार्यक्रम सञ्चालन गर्नको लागि अस्पतालले तयारी गर्दै आएको छ । तयारी पुरा भएसँगै चार वटै पालिकामा घरदैलो सेवा सञ्चालन गर्ने जनाएको छ । 

उनले सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका कतिपय स्थानीय बासिन्दा अस्तापलको सेवाबाट बञ्चित भएकोले सो सेवा सञ्चालन गर्न लागेको बताइन् । कार्यक्रम सञ्चालन गर्नको लागि चार वटै नगरपालिकाका नगरप्रमुखसँग कुराकानी गरिसकेको बताइन् । 

चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट सो कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ । मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा पनि सेवा विस्तार गरिने उनले बताइन् । 

स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा दिनको लागि घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताइन् ।