close

लिगलिगकोटमा दौडाइँदै लिगलिगे साइकल

लिगलिगकोटमा दौडाइँदै लिगलिगे साइकल

Trulli
ADVERTISEMENT

गोरखा– शुक्रबारदेखि गोरखाको पालुङटार नगरपालिकामा पर्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक स्थल लिगलिगकोटमा ‘लिगलिगे साइकल दौड’ हुँदै छ । 


पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्ट्सले नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५२.९ किलोमिटर साइकल दौड गर्न लागेको हो ।


लिगलिगकोट, हर्मीभन्ज्याङ, आँपपीपल, राइनास, पालुङटार, लुइँटेलभन्ज्याङ, बडडाँडा, सभाचौतारा हुँदै सोही स्थानमा पुगेर दौड समापन हुने लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।


६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने खुला दौडमा १३ औँ सागका स्वर्ण विजेता खेलाडीदेखि प्रदेश र स्थानीय स्तरका खेलाडीसम्म गरी १ सय राइडरले प्रतिस्पर्धा गर्नेछन् ।


खुला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दसौँसम्म हुनेलाई क्रमशः २५, २०, १५, १०, ५, २ हजार ५ सय, २ हजार, १ हजार ५ सय रुपैयाँ प्रदान गरिने लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जीव राना मगरले बताए । महिलातर्फ पनि सोहीअनुसार १० जनालाई नगदसहित पुरस्कृत गरिनेछ ।