close

पालिका पूर्वाधार निर्माणमा सफलता पछ्याउँदै कानेपोखरी

पालिका पूर्वाधार निर्माणमा सफलता पछ्याउँदै कानेपोखरी

Trulli
ADVERTISEMENT

मोरङ–२०७४ को निर्वाचनपछि पाँच वर्षको जनादेश लिएका जनप्रतिनिधि स्थानीय तह सम्हाल्न पुगे । तर, काम सुरु गर्नुअघि नै कठिनाइ भोग्नुप-यो । धेरै गाविस गाभिएर बनेका पालिकाको दैनिक प्रशासन सञ्चालनका लागि प्रशासनिक भवन मुख्य अवरोध बन्यो ।

 

मोरङको कानेपोखरी गाउँपालिकामा पनि भवन थिएन । जनप्रतिनिधिले पालिकाका भवन निर्माणलाई पूर्णता दिएपछि अहिले नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न सकिने भएको छ ।

 

तत्कालीन तीन गाविसलाई मिलाएर बनेको गाउँपालिका हो, मोरङको कानेपोखरी । जनप्रतिनिधि निर्वाचित भएर आउँदा यहाँका सबै वडामा पूर्वाधार विकास हुन सकेको थिएन । सेवाग्राहीले सेवा पाउने वडा कार्यालय भवन र कार्यालय पनि थिएनन् । निर्वाचित भएर आएसँगै जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणमा जोड दिँदा अहिले अधिकांश वडामा प्रशासनिक भवन निर्माण भएका छन् । 

 

तीबाहेक अस्पताल र स्वास्थ्य चौकीका भवन बनेका छन् । गाउँपालिकाको बहुवर्षीय योजनाका कारण १५ शय्याको कानेपोखरी अस्पतालको भवन निर्माणाधीन छ । वडा नम्बर ३, ४, ६ र ७  मा कार्यालय भवननिर्माण भएको छ । यसरी भवन निर्माण गर्न संघीय र प्रदेश सरकारको अनुदानले धेरै सहयोग पु-याएको वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

 

हरेक वडामा स्वास्थ्य संस्था बनेका छन् । साँघुरो भवनबाट नागरिकलाई सेवा दिन असहज भएपछि भवन निर्माण गरिएको छ  । अहिले गाउँपालिकाको ७ मध्ये ६ वटा वडामा आफ्नै भवन बनाएर सेवा दिन सुरु गरिएको छ ।

 

७ वटै वडामा स्वास्थ्य केन्द्र बनेको छ । अन्य भौतिक संरचना पनि निर्माणाधीन हुँदा अब नागरिकले सेवा लिन हैरानी बेहोर्नु नपर्ने अवस्था बनेको वडा नम्बर ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको भनाइ छ ।

 

सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउनु नै संघीयताको प्रमुख उद्देश्य हो । यही पूरा गर्न धमाधम पालिकामा भौतिक संरचना निर्माण भइरहेको छ । नागरिकले पनि पूर्वाधारका क्षेत्रमा परिवर्तन आएको महसुस गर्न सक्ने आधारशिला तयार भएको वडा नम्बर ३ का वडाध्यक्ष कीर्तिमान मादेनको दाबी छ ।

 

भौतिक पूर्वाधार भन्नेबित्तिकै सबैको पहिलो प्राथमिकता सडकनै हुने गर्छ । नागरिकको चाहना पनि आफ्नो गाउँटोलमा सडक पुगोस भन्ने हुन्छ । तर, नागरिकले तीनै तहका सरकारबाट पाउनुपर्ने सेवा–सुविधाका लागि अन्य भौतिक पूर्वाधारहको पनि उत्तिकै जरुरी पर्छ ।

 

पालिकाको प्रशासनिक भवनदेखि वडा कार्यलय, अस्पताल, विद्यालयजस्ता पूर्वाधारमा स्थानीय सरकारले ध्यान पु-याउन सक्दा मात्र जनतालाई सहज ढंगले सेवा प्रवाह गर्न सकिन्छ ।