close

दोगडाकेदारमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

दोगडाकेदारमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलिटोलमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्यामा परेका छन् ।

सात दिनयता  दोलिमा विद्युत् सेवा अवरुद्ध भएको विद्युत् सेवा सुचारु हुन नसक्दा सेवाग्राही समस्यामा परेका हुन् । 

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सुचारु नभएको उपभोक्ताहरूले गुनासो गरेका छन् । विद्युत् अवरुद्ध भएको ७ दिन बितिसक्दा समेत प्राधिकरणको ध्यान नगएको ग्राहकको गुनासो छ । 

‘विद्युत् सेवा अनियमित हुँदा समेत प्राधिकरणले ध्यान नदिँदा आफूहरू समस्यामा परेको  दोगडा केदार गाउँपालिका–५का स्थानीय जनकसिंह ठगुन्नाले बताए । ‘विद्युत् नहुँदा विद्यार्थी समस्यामा परेका छन् । स्थानीय नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्,’उनले भने ।

तर, विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् सेवा सुचारु गर्ने पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत सेवा नियमित गर्न ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका कार्यालय प्रमुख पवन भट्टले बताए ।