close

सम्झौता सकिँदा पनि बनेन पुल

नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो ।

सम्झौता सकिँदा पनि बनेन पुल

नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो ।

Trulli
ADVERTISEMENT

नलगाड जलविद्युत् आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ । 

जाजरकाेटकाे त्रिवेणी नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो । सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत सास्ती बेहोर्नु परेको छ । 

जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले लिएको पुलको ठेक्काको काम नगर्दा अलपत्र परेको हो । भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्छ। 

पुल निर्माण नहुँदा नलगाड नदीमा परेर धेरैले ज्यानसमेत गुमाएको स्थानीय रामबहादुर खत्रीले बताए । खत्री भन्छन्, “पुल निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौँ, नलगाड नदीमा काठको लाप्को बनाएर यातायातका साधन खोलामा तार्दा जोखिम हुनेगर्छ । काठबाट पुल बनाउँदा थप पैसा खर्च भएपछि त्यो सबै यात्रुबाट नै असुल्ने काम हुन्छ ।”
 
नगरप्रमुख खड्काको कम्पनी खड्का कृष्ण कन्सट्रक्सन प्रालिले सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो । पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारीसाधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारीसाधन साधुतरामा रोकिने गरेका छन् । नलगाड जलविद्युत् आयोजनामा फिल्ड इञ्जिनियर पदम थापाका अनुसार दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता थियो । तर अहिले ६ वर्ष पूरा भइसकेको छ । 

पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिल्लर उठाइएको छ तर खारापट्टीको पिल्लर निर्माण गर्दा दुई मिटर ढलान गरेर मात्र पिल्लर राख्नुपर्ने थापाको भनाइ छ । पिल्लर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिल्लर निर्माण गर्न आग्रह गरिएको थियो । 

ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिल्लर हालेपछि कार्यालयद्वारा ठेकेदार कम्पनीलाई रकम भुक्तानी रोकेपछि अहिले समस्या आएको छ । ठेकेदार कम्पनीले साढे तीन करोड लागतमा  विसं २०७२ मा पुन निर्माणको ठेक्का लिएको थियो ।