close

सडक विस्तारमा फड्को मार्दै तातोपानी

सडक विस्तारमा फड्को मार्दै तातोपानी

Trulli
ADVERTISEMENT

जुम्ला– तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेकाे छ । 

पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पिपिसी सडक नौ सय २२ मिटर र आरसिसि सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
 
विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो ।

गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाले गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, दुई हजार आठ सय ७७ मिटर  सोलिङ बाटो निर्माण गरेकाे जानकारी दिए । उनको अनुसार पिसिसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसिसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको छ । 

त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र टस पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।