close

फट्टेमा पक्की पुल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन सुरु

फट्टेमा पक्की पुल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन सुरु

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाले वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउन विस्तृत सम्भाव्यता अध्ययन सूरु गरेको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले फट्टेमा पक्की पुल बनाउने निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो। अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका  सहप्राध्यापक भरत मण्डलको टोली मेलम्ची पुगेको छ । टोलीले विस्तृत अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने मण्डलले बताए । 

संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल निर्माण गर्न लागेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताए । तामाङका अनुसार पुल निर्माण पछि मेलम्ची नगरपालिकाको ११, ७ र ८ का साथै पाँचपोखरी र हेलम्बु गाउँ पालिकाका अधिकांस भेगका बासिन्दाले लाभ लिन सक्नेछन् ।

मेलम्चीको पुर्वाधार निर्माण र समग्र विकासका लागि नगरले कुनै कसर बाकी नराख्ने नगर प्रमुख तामाङले बताए । शनिबार अध्यनका क्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्षहरु ७ का पासाङ तामाङ, ८ का जितबहादुर दोंङ, १० का अमृत खनाल र ११ का चन्द्रबहादुर तामाङ तथा लेखा अधिकृत मुरारी पुडासैनी, इन्जिनियर जितबहादुर कार्की लगायत सहभागी भएका थिए ।