close

पोखरामा नेपाल सहरी शासन र पूर्वाधार परियोजना छनाैट

पोखरामा नेपाल सहरी शासन र पूर्वाधार परियोजना छनाैट

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । 

यही श्रावण  १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले बताए। 'वर्ल्ड बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ,' प्रमुख आचार्यले भने, 'यस बाहेक थप दुई वटा महत्त्वपूर्ण परियोजनाहरू छनौट गरेका छौँ । यी सबै परियोजना २।५ वर्ष भित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।'

 प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्न पश्चात् नमुना सडक बन्नेछन् ।


यी सबै परियोजनाहरूमा वर्ल्ड बैङ्कले २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८०८ नेपाली रुपैयाँ) लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुडिटार सडक रु. १.५ अर्ब र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक रु.१ अर्ब लागतमा स्तरोन्नति हुनेछ । तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जे भी काठमाण्डौले निर्माणको ठेक्का पाएको छ । 

अन्य दुई वटा परियोजना सर्वेका लागि वर्ल्ड बैङ्कको प्राविधिक टोली खटिने तयारीमा रहेको छ ।