close

रोशीले प्रत्येक घरधुरीमा विद्युत पुर्याउने

रोशीले प्रत्येक घरधुरीमा विद्युत पुर्याउने

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– रोशी गाउँपालिकाले पालिकाभरि विद्युत पुर्याउने नीति लिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रत्येक घरधुरीमा विद्युतीकरण पुर्याउने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पालिकाखबरलाई जानकारी दिए । 

उनको अनुसार गाउँपालिकाका वडा नं ११ र १२ का केही स्थानमा विद्युत पुगेका छैनन् । ‘प्रत्येक घर धुरीमा विद्युतीकरण पुर्याइने नीति तथा कार्यक्रममा छ । प्रमुख प्रसारण लाइनले नै भ्यायो भने किन बनाइराख्नु पर्यो र?’ उनले प्रमुख प्रशारण लाइनबाट विद्युत नपुर्याएको अवस्थामा गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युत पुर्याउन पहल गर्ने बताए ।