close

पुुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति गरिने

पुुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति गरिने

Trulli
ADVERTISEMENT

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका छन् । 

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दासँग बिहीबार भएको भेटघाटका क्रममा उनले भने, ‘कास्कीको पर्यटकीयस्थल घान्द्रुुक जोड्ने सडक स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा बहुुवर्षीय ठेक्का लाग्ने गरी रु चार करोड बजेट व्यवस्थापन भएको छ ।’ उनका अनुसार पोखरेबगरदेखि चित्रे जोड्ने सडक सङ्घीय सरकारबाट स्तरोन्नतिको क्रममा छ । चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न चालु आवमा रु तीस लाख विनियोजन भएको छ भने आगामी वर्ष बहुुवर्षीय ठेक्का लगाउने गरी बजेट व्यवस्थापन गरिएको छ । 

पुुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति गरी पर्यटकीयस्थलको यात्रालाई सुरक्षित र सहज बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मन्त्री जुुग्जालीले घोडेपानीसम्म सडक कालोपत्र गर्ने जानकारी दिए । सहरी विकास मन्त्रालयमार्फत सञ्चालित पोखरेबगर–चित्रे सडक आयोजनालाई पूूर्णता दिन र हलेखर्क खण्डमा पहिरोका कारण जोखिमयुुक्त बनेको सडकलाई मर्मत गर्न सम्बद्ध कार्यालय तथा मन्त्रालयमा समन्वय गर्ने मन्त्री जुुग्जालीले बताए ।

घोडेपानीका बासिन्दा भीम गर्बुजाले घोडेपानी हुँदै कास्कीको उल्लेरी जोड्ने सडकको मार्ग जोेड्न सकेमा पोखरा–जोमसोम सडकको कास्की नयाँपुलदेखि म्याग्दी पोखरेबगर खण्डको वैकल्पिक र छोटो सडक हुुने उनले जानकारी दिए ।

घोडेपानी आमा समूहका पदाधीकारीले सङ्ग्रहालयको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरे । मन्त्री जुुग्जालीले म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने सडक निर्माणका लागि चालु आवमै बजेट व्यवस्थापन भएको र आमा समूहको सङ्ग्रहालय भवनका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । 

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–८ नागीका बासिन्दा र जनप्रतिनिधिको अनुुरोधमा पूर्वाधार विकास कार्यालय पर्वतमार्फत फलामेडाँडादेखि नागी जोड्ने सडक मर्मत गरेर यसपालिको जनैपूर्णिमा पर्वमा नागीबाराही तालमा जनैपूर्णिमा मेलामा आउने भक्तजनलाई सहजरुपमा आवतजावत गर्ने व्यवस्था मिलाएको मन्त्री जुुग्जालीले जानकारी गराए । 

यसअघिको सरकारमा दुुई महिना प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका जुुग्जालीले सो मन्त्रालयमार्फत घोडेपानीमा गुरासँ पार्क बनाउन रु।बीस लाख बजेट भएको र सोको कार्यान्वयन गरेकोमा स्थानीयवासीलाई धन्यवाद दिए । 

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघिका वर्षको तुलनामा यसपालि प्रदेश सरकारबाट म्याग्दीमा बजेट बढी आएको र त्यसको कार्यान्वयन भएमा पूर्वाधारको क्षेत्रमा जनताले परिवर्तनको महसुुस गर्ने बताए । 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वातफलाते सडक निर्माणका लागि गत वर्ष रु ३५ लाख विनियोजन गरेको उनले बताए । चालु आवमा पोखरेबगर पाउद्धार किन्दु स्वाँत सडकलाई रु ८० लाख, शिखमा आवासीय विद्यालयको पूर्वाधारका लागि रु ५० लाख, तल्लो र उपल्लो गाउँको खानेपानीका लागि रु दश/दश लाख, खोपारामा पर्यटन पूर्वाधारका लागि रु २० लाख विनियोजन भएको उनले बताए । 

लरेनी खानेपानीलाई रु १० लाख र शिख माविको होस्टल व्यवस्थापन गर्न रु आठ लाख विनियोजन भएको बताए । मन्त्री जुुग्जाली र प्रदेशसभा सदस्य भण्डारीसँग शिखका आमा समूह र युुवा क्लबले बहुुउद्देश्यीय खेलमैदान र भवनका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । मन्त्री जुुग्जाली र प्रदेशसभा सदस्य भण्डारीले बहुुउद्देश्यीय भवन र खेल मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।