close

स्वीमिङ पुलको अनुगमन

Trulli
ADVERTISEMENT

मोरङ- पथरी शनिश्चरे नगरपालिकाले स्वीमिङ पुलसहितका पूर्वाधाहरूको अनुगमन गरेको छ । पथरी शनिश्चरे-२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको परिसरमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचनसहित पूर्वाधारहरुको अनुमगन गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समिति संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राईसहितको टोलीले अनुगमन गरेको हो ।

हरियाली सामुदायिक वन लिमिटेड र संघीय पर्यटनको साझेदारीमा ति संरचनाहरू निर्माण गरिएका हुन् ।