close

अमरगढी नगरपालिकाले लगायो डोजर

अमरगढी नगरपालिकाले लगायो डोजर

Trulli
ADVERTISEMENT

डडेल्धुरा- अमरगढी नगरपालिकाले सदरमुकामको सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउन डोजर लगाएको छ । 

सडक विस्तारका लागि मुआब्जा दिएर पनि घर नभत्काइएपछि नगरपालिकाले सोमबारदेखि डोजर चलाएको अमरगढी नगरपालिका–५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताए । बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको छ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउनको लागि डोजर लगाइएको हो । 

बजार क्षेत्रमा ५ मिटर चौडा रहेको सडकलाई विस्तार गरेर हाल ३० मिटर कायम गरिएको छ । सडक क्षेत्रका संरचना हटाउन नगरपालिकाले कार्तिक १३ गते ७ दिनको म्याद दिएर अन्तिम पटकका लागि सूचना जारी गरेका थियो।