close

आईपीएलमा पन्जाबमाथि लखनऊको सानदार जित

आईपीएलमा पन्जाबमाथि लखनऊको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तरगत ४२औं खेलमा लखनऊ सुपर जायन्ट्सले पन्जाब किंग्समाथि २० रनको जित हात पारेको छ । जितसँगै लखनऊ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

 

जितको लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो । पन्जाबका जोनी बेयरस्टोले २८ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । कप्तान मयंक अग्रवालले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए ।

 

ओपनर शिखर धवन १५ बलमा ५ रन, भानुका राजपक्षे ९, लियाम लिभिङस्टोन १८, जितेश शर्मा २, राहुल चाहर ४ र कागिसो रबाडा २ रनमा आउट भए । ऋषि धवन २२ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।

लखनऊका मोहसिन खानले ३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । क्रुनाल पान्ड्याले २ विकेट लिए ।

 

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । लखनऊका ओपनर क्विन्टन डि ककले ३७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

 

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । राहुल चाहरले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पन्जाबले अब मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ । लखनऊले आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।