close

बहुवर्षीय योजनामा केन्द्रको नीति बाधक छ (भिडियाे वार्ता)

बहुवर्षीय योजनामा केन्द्रको नीति बाधक छ (भिडियाे वार्ता)

ADVERTISEMENT

डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख हुन् मञ्जु मलासी । मलासीसँग पालिका खबरका लागि करिस्मा कार्कीले पालिकाको बजेट, यसको कार्यान्वयन रणनीति, पूर्वाधार विकासलगायतका विषयमा गरेको कुराकानी : 

देशभरका ६ जना महिला प्रमुखमध्ये पर्नुहुन्छ । उपप्रमुखको पदमा मात्र महिलालाई अवसर दिइरहेका बेला तपाईले प्रमुखको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव भइरहेको छ ? 

काम गर्ने अवसर मिलेको छ । महिलाले गर्न सक्दैन भन्ने कुरालाई चिर्न सफल भएको छु जस्तो लाग्छ । 

 

आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याइसक्नु भएको छ । कस्तो बन्यो बजेट ?

हामीले ५५ करोड ८० लाख ६२ हजारको बजेट ल्याएका छौँ । चालुतर्फ ३३ करोड ६० लाख छ भने पुँजीगततर्फ २२ करोड २० लाख ४७ हजार बजेट विनियोजन गरेका छौँ । 

 

यसपटक पूर्वाधारतर्फका कार्यक्रम कस्ता छन् ? 

अन्तिम कार्यकाल भएकाले पनि हामीले अधुरा योजनालाई प्राथमिकता दिएका छौँ । नगरस्तरीय योजनालाई पनि हामीले बढी ध्यान दिएका छौ । मझौला योजना पूरा गरेर छाड्ने अठोट लिएका छौँ । प्रदेशसँग साझेदारी गर्ने ठूला सडक, स्वास्थ्य भवन, माविका भवन बनाउन विशेष ध्यान दिएका छौँ । यि बाहेक भौतिक पूर्वाधार र स्वास्थ्य, इन्जिनियरिङ कलेज निर्माणका लागि समेत बजेट छुट्याएका छौँ । 

 

राजश्व बाँडफाँटवापत पाउनुपर्ने अनुमानित रकम पालिकाले नपाएका कारण अधिकांशले घाटा बजेट ल्याइरहेको सन्दर्भमा तपाइले श्रोत कसरी जुटाउनु भयो ? 

हामीले नगरपालिकामा सबैसँग समन्वय, सहकार्य गरेका छौँ । हामीले उपभोक्ताको घरदैलोमा गएर योजना बुझ्ने गरेका छौँ । सबैको विषयगत योजनालाई गाउँस्तरीय र नगरस्तरीय योजना बनाउँदैछौँ । 

 

तपाईंको कार्यकालको अन्तिम बजेट, संघीय सरकारले बहुवर्षीय आयोजनामा लगानी नगर्नु भनिरहेका बेला तपाइले पनि केही आयोजनामा पैसा हाल्नुभयो होइन? 

पहिला संघले बहुवर्षीय योजना गर्नु भन्यो । तर, नीति परिवर्तनले समस्या ल्यायो । हामीसँग १२ करोडको योजना पनि छ । योजना एकैपटक सकिँदैन । हामीले बहुवर्षीय योजना बनाउनुपर्छ । तर, त्यसो गर्न पाइएको छैन । असार आइपुग्न लाग्दा टेन्डर आह्वान गरेर काम गर्न सकिँदैन । वैशाखमा नयाँ कार्यक्रम आउँछ असारसम्म सक्न भनिन्छ । तर, महामारी अरु विविध कारणले कार्यक्रम सकाउन सकिँदैन ।