close

कोरोनाले चाहेजति काम गर्न सकेनौँ

कोरोनाले चाहेजति काम गर्न सकेनौँ

Trulli
ADVERTISEMENT

डिल्लीराज भुसाल, नगरप्रमुख
रेसुंगा नगरपालिका, गुल्मी


गुल्मीको रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसाल नगरको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण कोरोना महामारीका कारण अवरुद्ध भएको बताउँछन् । कार्यकालको अन्तिम वर्ष आइपुग्दा नगरपालिकाको विकास निर्माण, कृषि, शिक्षालगायत विषयमा भुसालसँग गरिएको कुराकानी :


 


कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा गर्न सक्नुभो ? 

 

निर्वाचनका बेला जति बोलेको थिएँँ, त्यो पूरा गर्ने योजना थियो । तर, कोरोना महामारीले भनेजतिको काम गर्न सकेनौँ । झन्डै २ वर्ष महामारी नियन्त्रणमै जुट्यौँ । पूर्वाधार क्षेत्रमा हामीले अघि बढाएका काम पनि त्यही कारणले समयमै सम्पन्न हुन सकेनन् । महामारी सकिँदै जाने अवस्था आएकाले धेरै काम गर्न सक्छौँ भन्ने आस छ । 

 

रेसुंगाले देशका अन्य पालिकाले भन्दा फरक ढंगले नवीनतम कुनै योजना सञ्चालन गरेको छ ? 


हाम्रोमा फरक छ । हामीले अस्पताल सुरु गरेका छौँ । यहाँको विमानस्थल जाने सडक र विमानस्थल स्तरोन्नति भएको छ । कृषकको घरघरमा गएर उत्पादन किन्ने घोषणा गरेका छौँ । पशुपालन, तरकारी उत्पादन गर्न हामीले प्रोत्साहन गरेका छौँ । पाल्पा, बुटवलसम्म पु¥याएर हामीले कृषकलाई बजार खोज्न नपर्ने गरी काम गरेका छौँ । कृषि सामग्री सहयोग पनि गरेका छौँ । 

 

तपाईंले रेसुंगाको विकास निर्माणमा कस्तो खाले मोडल अपनाउनुभएको छ ? 


नगरको विकासका थुप्रै काम भएका छन्, हरेक क्षेत्रमा । कृषकमा मात्रै होइन, खानेपानी, सडक, यातायात क्षेत्रमा हामीले धेरै काम गरेका छौँ । सडकको ट्रयाक खोल्ने गरी काम गरेका छौँ । ७ सय बढी खरका छाना हटाएका छौँ । रोजगारी सिर्जना गर्ने काम गरेका छौँ । उनीहरूलाई उत्पादनमा लगाउने गरी काम गरेका छौँ । 

 

रेसुंगाले पर्यटन पूर्वाधारमा काम गरेको छ कि छैन ? 

 

कार्यपालिकामा आएको बजेट सबै वडामा बजेट बाँडफाँट गर्ने गरेका र्छौँ । संघीय र प्रदेश सरकारबाट आएको बजेटलाई टेन्डर लगाएर काम गर्छौं । सबैको सहमतिमै खर्च गर्छौं । 

 

अघिल्लो आर्थिक वर्षमा देशैभरका स्थानीय तहमा ५ देखि १५ बेडसम्मको अस्पताल बनाउन संघीय सरकारले बजेट दिएको थियो । तपाईंको पालिकामा अस्पताल बनाउने काम कति सम्पन्न भयो ? 

 

गाउँमा आधारभूत स्वास्थ्य चौकी बनाएका छौँ । त्यसबाहेक सबै वडामा ५ शय्याको अस्पताल बनेका छन् । 

 

पालिकाले पूर्वाधार बनाउन खोज्दा जग्गा प्राप्त गर्न निकै झन्झट छ । तपाईंले यस्तो झन्झट बेहोर्नुभएन ? 


जग्गा प्राप्तिको समस्या हामीकहाँ पनि उस्तै छ । सरकारको पैसा लगानी लगाउन मिल्दैन । व्यक्तिसँग जग्गा लिएर हामीले स्वास्थ्य चौकी बनाएका छौँ । 

 

अन्त्यमा, पालिकाले आफ्नो आन्तरिक स्रोत वृद्धिका लागि के प्रयास गरिरहेको छ ? 

 

हामी पहाडको नगर भएकाले यस क्षेत्रमा कलकारखाना छैनन् । कृषिमा कर लिन मिल्दैन । ८० देखि ९० प्रतिशत कर उठेको छ । १ करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट कर उठेको छ ।