close

ऋण लिएरै भए पनि देश विकास गर्नैपर्छ

ऋण लिएरै भए पनि देश विकास गर्नैपर्छ

Trulli
ADVERTISEMENT

चिन्तन तामाङ, नगरप्रमुख
धनकुटा नगरपालिका, धनकुटा

 

धनकुटाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ देश विकासका लागि आर्थिक स्रोत जुटाउन ऋण लिन हिम्मत गर्नुपर्ने बताउँछन् । देश संघीय व्यवस्थामा जानुअघि धनकुटा पूर्वाञ्चलको प्रशासनिक केन्द्र थियो । पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको गृहनगर धनकुटामा विकासका पूर्वाधार पहिलादेखि नै निर्माण भएका थिए । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भएपछि नगरप्रमुख तामाङसँग धनकुटामा भएका  विकास निर्माणबारे गरिएको कुराकानी :


 

देश संघीय ढाँचामा जानुअघि धनकुटा पूर्वको प्रशासनिक केन्द्र थियो । विकासका पूर्वाधार छँदै दिए । तपाईं नगरप्रमुख निर्वाचित भएपछि धनकुटामा थप के–के काम गर्नुभयो ? 

 

स्थानीय कृषि, पर्यटनलाई अगाडि बढाउने काम ग¥यौँ । पर्यटकीय क्षेत्रको सुधार र प्रवद्र्धन गर्ने, पूर्वाधार निर्माण गर्‍यौँ  । पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने काम गर्‍यौँ । एभोकाडोको पकेट क्षेत्र भनेर घोषणा गरेका छौँ । सिकाइ केन्द्र बनाउने योजना बनाएका छौँ । तर, तपाईंले भने जसरी विकास भने यहाँ थिएन । हामीले विकासलाई अघि बढाउने योजना लिएर काम गरिरहेका छौँ । 

 

निर्वाचनका बेला तपाईंका प्रतिबद्धता के–के थिए ? कति पूरा गर्न सक्नुभयो ? 


पाँच वर्षभित्र खरमुक्त बनाउने घोषणा पूरा गरेका छौँ । जनताको विश्वासलाई विश्वासघात गर्ने छैनौँ भनेर प्रतिबद्धता जनाएका थियौँ । त्यो हामीले गरेका छौँ । 

 

धनकुटालाई प्रदेश राजधानी बनाउन तपाईंले पहल गर्नुभएको छ ? 


प्रदेश राजधानी बनाउन पहल गरिएको हो । हाम्रो राजनीतिक पहल पुगेन । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पनि हुन नसकेको काम हामीले गर्न सकेनौँ ।  

 

नगरपालिकाका अहिलेका समस्या के–के हुन् ? 


सबै ठाउँमा बाटो बनाउन सकिएको छैन । स्रोत–साधनको कमी छ । १६ प्रतिशत मात्रै स्रोत प्राप्त हुन्छ । निर्माण सबै गर्नुपर्ने हुँदा रकम अभाव हुन्छ । जनतासँग प्रत्यक्ष रूपमा रहेर काम गर्नुपर्ने भए पनि हामीले त्यो गर्न सकिरहेका छैनौँ । 

 

संघीय सरकारले स्थानीय तहमा स–साना ससर्त योजना पठाउने गरेको पाइन्छ । तपाईंको नगरमा संघीय सरकारका यस्ता योजना छन् कि छैनन् ? 


स्थानीय तहमार्फत जानुपर्ने हो । त्यो जान सकेको छैन । 

 

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गरिएको छ । नयाँ बजेटमा स्थानीय तहलाई सहयोग पुग्ने कार्यक्रम छन् ? 


छैन । प्रतिस्थापन विधेयक ल्याएर कार्यक्रम नदिने काम भएको छ । स्रोत–साधन सुनिश्चितताको कुरा गर्छन् । तर, उत्पादन खोइ ? ऋण लिएर भए पनि उत्पादन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अमेरिकामा प्रत्येक व्यक्तिको टाउकोमा ६ लाख ऋण छ । हाम्रो २३ कि २४ हजार ऋण हुँदा देश सकियो भन्दै कोकोहोलो मच्याइन्छ । ऋण लिनुपर्छ तर सदुपयोग गर्नुपर्छ   ।

 

अन्त्यमा, संघमा सरकार फेरबदल र पार्टीहरू विभाजन हुँदा स्थानीय तहमा असर पर्छ कि पर्दैन ? 

 

यो हाम्रो सरकार हो । यसको आफ्नै नियम छ । तर, पूर्वाग्रही ढंगले प्रस्तुत हुँदा समस्या हुन्छ । त्यस्तो आयो भने हामी पनि एक्सन लिन्छौँ ।