close

विपन्नलाई जस्तापाता वितरण गर्ने पहिलो नगरपालिका बन्यौँ 

विपन्नलाई जस्तापाता वितरण गर्ने पहिलो नगरपालिका बन्यौँ 

Trulli
ADVERTISEMENT

शंकर राई, नगरप्रमुख 
लेटाङ नगरपालिका, मोरङ


मोरङको लेटाङ नगरपालिका प्रमुख शंकर राई निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अधिकांश योजना निर्माण भएका र हुँदै गरेको बताउँछन् । धिमाल आदिवासीको बसोबास रहेको लेटाङमा नगर प्रमुखमा निर्वाचित भएपछि राईले गरेका काम, अधिकारसम्पन्न स्थानीय सरकारको प्रमुख हुँदाको अनुभव, लेटाङले अघि सारेका विकास योजनाबारे गरिएको कुराकानी : 



प्राचीन समय लेटाङ आदिवासी धिमालको राजधानी सहर थियो भनिन्छ । तपाईं नगरप्रमुख भएपछि धिमाललगायत अन्य आदिवासीको उत्थानका लागि के–के पहल गर्नुभयो ? 


हामी निर्वाचित भएर आउँदा केही घोषणा गरेका थियौँ । हामीले केही काम गर्ने अवसर पायौँ । यहाँको ७० प्रतिशत भूभाग दुर्गम र ३० प्रतिशत सुगम हो । धिमालको उद्गम स्थलअन्तर्गत १ नम्बर वडामा पर्दछ । जनप्रतिनिधि पाएपछि धिमाल आदिवासीको धर्म, संस्कृति, भाषा, पूजा गर्ने मन्दिर संरक्षण गरिएको छ । स्थानीयले निवेदन दिए । धार्मिक मेला लगाउने, पूजा लगाउने मन्दिर निर्माण गर्न माग गरे । हामीले आदिवासीको माग सम्बोधन गर्‍यौँ । 

 

तपाईं लेटाङलाई कस्तो नगर बनाउँछु भनेर निर्वाचित हुनुभएको हो ? 


सुन्दर लेटाङ नगरपालिका र समृद्धि लेटाङ नगरपालिका बनाउने हाम्रो योजना थियो । त्यो योजना पूरा गर्न स्थानीयले मत दिए । हामीले त्यो घोषणा पनि पूरा गरेका छौँ । त्यसका निम्ति हामीले बोलेका कुरा पनि सम्पन्न गरेका छौँ । नगरपालिकाले पाउने सुविधा कटाइदेऊ, फुसको छाना हटाइदेऊ भनेर हामीले अभियान चलायौँ । ऐन बनाएर हामीले यो काम गर्न सफल भयौँ । पहिलो पटक फुसको छानो हटाएर हामीले टिनको छाना लगाउने पहिलो पालिका बन्ने इतिहास बनाउन पनि सफल भयौँ । अहिले पनि हाम्रो नागरिक खुसी छन् । नगरप्रमुखले सुविधा नलिएर आफ्नो प्रतिबद्धता पु¥याइदिए भन्ने नगरबासीले भन्ने गर्नुभएको छ । 

 

निर्वाचनमा तपाईंले कल्पना गरेका र प्रतिबद्धता जनाएका कति काम पूरा भए ? 


अहिले हामीले जति पनि परिकल्पना, संकल्प गरेका कुरा पूरा गर्न नसके पनि सुरुआत गरेका छौँ । घोषणापत्रका अधिकांश कामलाई हामीले अघि बढाएका छौँ । जस्तापाता बाँड्यौँ, पुस्ताौँदेखि बसेका बुबाआमाले नागरिकता पाएका थिएनन् । हामीले नागरिकता दिएर राज्यबाट पाउने सेवा–सुविधा प्रदान गर्‍यौँ । 

 

कोरोना महामारी नियन्त्रणमा ‘फ्रन्टलाइनर सरकार’ का रूपमा काम गर्दा के–के कठिनाइ भोग्नु परिरहेको छ ? 


हाम्रो नगरपालिका मात्रै नभई देश नै महामारी रोक्न खटिएको छ । हामीले विकासभन्दा पनि विनाशबाट नागरिकको जीवन जोगाउनुपर्छ भनेर महामारी सुरु भएदेखि नै त्यसतर्फ लाग्यौँ । चिकित्सक उपलब्ध गरायौँ । मास्क वितरण गर्नेदेखि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन ग¥यौँ । अपुग पैसा संघ र प्रदेश सरकारसँग मागेरै भए पनि नागरिकको जीवन रक्षा गर्नुपर्छ भनेर प्रण लियौँ । विभिन्न संघ–संस्थासँग पनि समन्वय गरेर महामारी नियन्त्रण गर्न पहल गर्‍यौँ । पैसा छुट्याएर, चिकित्सकलाई राखेर हामीले विपद् व्यवस्थापन समिति, खरिद व्यवस्थापन समिति बनाएर महामारी नियन्त्रण गर्नेतर्फ लाग्यौँ । आइसोलेसन, क्वारेन्टाइन निर्माण, बिरामीको घरमै गएर उपचार र औषधी वितरण पनि गर्‍यौँ । 

 

अन्त्यमा, अधिकारसम्पन्न स्थानीय सरकारको प्रमुख भएर चार वर्षसम्म काम गर्दाको अनुभव कस्तो रह्यो ? 

 

चार वर्ष हाम्रा लागि मात्र नभई ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधिलाई फलामको चिउरा चपाए बराबर भयो भन्ने महसुस गरेका छौँ । हामीले चुनाव जितेर आएको वर्ष बाढीका कारण नागरिकले ठूलो समस्या भोगे । जनतामा महत्त्वाकांक्षा हुने र त्यो तत्काल पूरा गर्न सकेनौँ । त्यसपछि महामारीले दुई वर्ष समस्या पा¥यो । तर, सुझबुझ ढंगले हामी अघि बढ्यौँ । नागरिकको स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा हामीले केही नयाँ कार्यक्रम ल्याएर अघि बढायौँ । हामीले योग्य नागरिक बनाउन तालिम दिएका छौँ । परिकल्पना गरेअनुसार काम गर्न नसके पनि धेरै योजनालाई अघि बढाएका छौँ ।