close

चार वर्षमा कानेपोखरीको कायापलट

चार वर्षमा कानेपोखरीको कायापलट

Trulli
ADVERTISEMENT

ताराबहादुर काफ्ले 
अध्यक्ष, कानेपोखरी गाउँपालिका, मोरङ


मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले चार वर्षे अवधिमा पालिकामा थुप्रै काम भएको बताउँछन् ।  अध्यक्ष काफ्लेसँग पालिकाले गरेका विकास निर्माण, जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव र यो वर्षको प्राथमिकताबारे गरिएको कुराकानी :


 


तपाईं निर्वाचित भएर आएको ४ वर्षे अवधिमा गाउँपालिकाले विकास निर्माणमा गरेका काम के–के हुन् ? 


निर्वाचित भएर आइसकेपछि यहाँको विकास निर्माण, सामाजिक सेवा सुविधासँग गाँसिएका विषय धेरै छन् । त्यसको लामो फेहरिस्त छ । संक्षेपमा भन्दा हामीले पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ– त्यो पनि सडकमा  । हामी आउँदा यहाँ ६ किलोमिटर कालोपत्रे सडक थियो । यो वर्षसम्म ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । दोस्रो ग्राभेल र सडकको ट्रयाक ा १ सय ५० बढी किलोमिटर खोलिएको छ । ३ वटा वडाबाहेक अन्यत्र वडा कार्यालय थिएनन् । अहिले एउटाबाहेक सबैमा वडा कार्यालय भवन बनेका छन् । ४ वटामा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटामा स्वास्थ्य चौकी निर्माण गरेका छौँ । १५ शय्याको कानेपोखरी अस्पतालबाट सेवा सुरु गरेका छौँ । यसैगरी कृषि क्षेत्रमा वर्षको २ करोड २७ लाखदेखि २ करोड ५६ लाख रुपैयाँसम्म खर्च गर्छौं । सिँचाइ, कृषि, पशुपक्षीका क्षेत्रमा पनि  धेरै काम गरेका छौँ । 

 

निर्वाचनमा तपाईंले गरेका प्रतिबद्धता कति पूरा भए ? 


हामीले मध्यावधिक मूल्यांकन ग र्‍यौँ । त्यसमा ९५ प्रतिशत काम गरेका छौँ । भूमिहीनलाई भूमि दिने व्यवस्था गर्न सकेनौँ । अहिले फेरि नयाँ भूमि आयोग बनेको छ । तर, द्रुत गतिले काम गर्दा पनि त्यो पूरा हुन सक्ने देखिँदैन । हाम्रो सीमाका खोलामा तटबन्ध गर्न लागेका छौँ । त्यसमा सरकारले पूरा गर्न सहयोग गरोस् । 

 

सामाजिक सुरक्षा क्षेत्रमा गाउँपालिकाको विशेष केही कार्यक्रम छन् कि ? 


यो क्षेत्रमा धेरै कार्यक्रम राखेका छौँ । पहिलो औषधोपचार कोष खडा गरेर प्रत्येक बिरामीलाई ५ देखि २५ हजार रुपैयाँसम्म सहयोग गर्ने गरेका छौँ । निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेका छौँ । बालबालिकालाई निःशुल्क खाजा वितरण गरेका छौँ । 

 

जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव सुनाउनुस् न ? 


संघीयताको अभ्यासमा छौँ । यो क्रममा मुलुकमा पहिलो पटक संघीयताको अभ्यास गर्न तीन÷चार विषयमा असहज भयो । कर्मचारी अभाव भयो । मुलुककै सुगम गाउँपालिका हो । सुगम हाम्रै  गाउँमा त कर्मचारी अभाव छ भने अन्य गाउँपालिका, हिमाली भेगमा कति समस्या होला ?  

 

संघ र प्रदेशले के–के विषयमा समन्वय गर्दा स्थानीय तहलाई काम गर्न सहज हुने देख्नुहुन्छ ? 


हामीलाई दुई वटा विषयमा समन्वय गर्नुपर्छजस्तो लाग्छ । एउटा, कर्मचारी अभाव हुन दिनुहुँदैन । दरबन्दी सिर्जना भएका ठाउँमा सरकारले कर्मचारी पठाउनुपर्‍यो । काम  गर्न सक्नुपर्‍यो  । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा तपाईंका प्राथमिकता के–के छन् ?  

 

अहिले पनि हाम्रो प्राथमिकता भनेको स्वास्थ्य, कोभिड अस्पतालको रूपमा अस्पताल निर्माण, स्वास्थ्य चौकी निर्माण र मेडिकल अफिसर राखेका छौँ । अस्पताललाई सामग्री दिने काम गरेका छौँ । शिक्षा क्षेत्रमा ६ वटा निजी दरबन्दी सिर्जना गरेर शिक्षक अभाव भएको ठाउँमा शिक्षक पठाएका छौँ । भौतिक पूर्वाधार क्षेत्रमा अत्यधिक लगानी गरेका छौँ । कृषि र पशुपक्षीका क्षेत्रमा साढे २ करोड रुपैयाँ हाराहारी लगानी गरेका छौँ ।