close

घुससहित विष्णुपुरका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

घुससहित विष्णुपुरका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । आयाेगले पाँच लाखसहित दुई कर्मचारीलाई पक्राउ गरेकाे हाे । 
 
गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई रु तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले बताए । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।