close

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक— इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ । नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी मिरा कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमती हुन् ।

 

उनी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । उपाध्यक्ष मिराको उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । ५१ वर्षीया अधिकारीका ३ छोरी छन् ।