close

संघको बजेट कार्यकर्तामुखी छ

संघको बजेट कार्यकर्तामुखी छ

Trulli
ADVERTISEMENT

इवन राई, नगरप्रमुख

हलेसी तुवाचुङ नगरपालिका, संखुवासभा 


संघीयता कार्यान्वयनको चार वर्षमा संघले ल्याएको बजेट उतै केन्द्रित छ । संघको बजेटले स्थानीय सरकारका लागि ससर्त अनुदानलाई प्राथमिकता दिएको देखिन्छ । जबकि संघीयताको मर्मअनुसार ससर्त घटाएर अन्य अनुदान बढाउनुपर्ने थियो । संघीय सरकारले ल्याएका बजेट स्थानीय तहलाई सबल बनाउने खालको नभएको नगरप्रमुख राईले बताए । ‘संघले ल्याएको बजेट मुख्यतः कार्यकर्तामुखी हुने गरेको छ,’ उनले भने, ‘आफ्नो कार्यकर्ता भएका क्षेत्रमा बजेट छुट्याइएको छ । अन्यत्र बजेटै छैन् । भूगोल, प्रशासनिक अवस्थाको आधारमा हेर्दा बजेटमा संघीयताअनुरूप देखिँदैन ।’ 


बजेटमा स्थानीय सरकारले गर्ने स–साना काम पनि संघले गर्ने गरेकाले स्थानीय सरकार आत्मनिर्भर हुन नसकेको उनले बताए । यसका बाबजुद यो बितेको चार वर्षमा थुप्रै काम गरेका छौँ । पहिलो स्थानीय सरकार भएकाले ऐन कानुन निर्माणलगायत काम गर्‍यौँ  । हलेसी तुवाचुङ नगरपालिकाले अहिलेसमम ३५ वटाभन्दा बढि कानुन निर्माण गरिसकेको छ । 


नगरपालिकाको आफ्नै भवन नभएर विद्यालयको चौर सपथ खाएका थिए, नगरप्रमुख राईले । तर, निर्वाचित भएर आएपछि नगरपालिकाको आफ्नो प्रशासनिक भवनसहित सबै वडा भवन निर्माण भइसकेका छन् । कृषि क्षेत्रलाई सबल बनाउन थुप्रै कार्यक्रम सञ्चालन गरेका छौँ । एक घर एक करेसाबारीअन्तर्गत हाल ५६ सय घर समावेश छन् । यस्तै, स्वास्थ्य क्षेत्रमा सबै वडामा बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित प्रजननका लागि सहज बनाएका छौँ । पर्यटन क्षेत्रमा ५ लाख पर्यटक भित्र्याएर नगरको आयस्रोत बढाउने काम गरिरहेका छौँ । ‘हलेसीको विशेष गुरुयोजना बनाएका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा हामीले करिब ५ लाख पर्यटक भित्र्याउने काम गरिरहेका छौँ ।’


राई निर्वाचित भएर आउँदा नगरभित्र एउटा वडामा पनि पूरा विद्युत् पुगेको थिएन । तर, अहिले ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेको छ । पूर्वाधार क्षेत्रमा ग्रामीण बस्तीमा सबैतिर सडक सञ्जाल पुगिसकेको छ । तर, बितेको चार वर्षमा आपूmले प्रतिबद्धता गरेका कतिपय काम अझै पुरा गर्न नसकेको उनी स्वीकार्छन् । शिक्षा, खानेपानी र सिँचाइका क्षेत्रमा सन्तुष्ट रूपले काम गर्न नसकिएको उनले बताए । ‘हामीले यो अवधिमा केही काम चाहेर पनि पूरा गर्न सकेनौँ,’ उनले भने, ‘शिक्षालाई गुणस्तरीय बनाउन सकिएन । खानेपानी पर्याप्त रूपमा सबैतिर पु¥याउन सकिएको छैन । सुक्खा क्षेत्र भएकाले युवालाई कृषिमा आकर्षित गर्न सकिएको छैन ।’ 


कोभिड नियन्त्रणमा पनि हलेसी तुवाचुङ अब्बल सावित भयो । सुरुमा अन्य स्थानीय तहले जस्तै जनचेतना फैलाउने, आउजाउलाई रोक्ने काम गर्‍यौँ । बाहिरबाट आउने मानिसलाई ११ वटै वडामा रहेका बर्थिङ सेन्टरलाई क्वारेन्टाइनमा परिवर्तन गरेर राख्यौँ । १४ दिन क्वारेन्टाइन राखेर परीक्षणपछि मात्रै घर पठाइएको थियो । पहिलो चरणमा धेरै संक्रमित भएनन् । दोस्रो लहरमा पहिलेको सबै संरचना भएकाले सहज भएको नगरप्रमुख राईले बताए । दोस्रो लहरमा होटललाई आइसोलेसन बनाएर संक्रमितलाई राखेका थियौँ । धेरै समस्या हुने संक्रमितलाई यहाँबाट बाहिर पठाएर उपचार गरियो । संक्रमितलाई उपचारमा लैजान आफ्नै गाडी एम्बुलेन्स बनाएर पठायौँ । कोभिड नियन्त्रण गर्न संघीय सरकारले केही सहयोग गरेन । ‘कोभिड नियन्त्रणमा संघ र प्रदेशको भूमिका देखिएन,’ उनले भने, ‘स्थानीय सरकार थिएन भने यति सहजै कोरोना नियन्त्रण हुने थिएन ।’