close

संघको बजेट स्थानीय सरकारको आवश्यकता हेरेर आउँदैन 

संघको बजेट स्थानीय सरकारको आवश्यकता हेरेर आउँदैन 

Trulli
ADVERTISEMENT

देवकुमार सुवेदी,  नगरप्रमुख

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत


कोरोना महामारीका बेला संक्रमितको स्वास्थ्यस्थिति बुझ्न  घरघरमै पुग्यौँ । होम आइसोलेसनमा बसेका हरेक बिरामीको स्वास्थ्य अवस्था बुझेर औषधीसमेत बाँड्यौँ । नगरपालिकाको टिमले होम आइसोलेसनमा बसेका सबैको स्वास्थ्य चेकजाँच गरियो । त्यसपछि तिनलाई अक्सिजन कमी भएको वा अन्य समस्या भए नगरको आइसोलेसनमा लगेर राख्ने काम गरियो । नेपालमा कोभिडको सुरुआतदेखि नै नगरपालिका यसको नियन्त्रणमा जुटेको हो । क्वारेन्टाइन र आइसोलेसन बनाएर सुरुबाटै कोरोना नियन्त्रणमा लाग्यौँ । ‘नेपालमा कोभिड भित्रिँदै गर्दा स्थिति भयावह थियो,’ उनले भने, ‘तर हामी क्वारेन्टाइन र आइसोलेसन बनाएर तयारी अवस्थामा थियौँ । त्यसबेला निरन्तर आरडिटी परीक्षण गर्‍यौँ । पिसिआर गर्न सम्भव थिएन ।’

 

क्वारेन्टाइनमा ४५ सय मानिस राखेर पठायौँ । त्यसमा अधिकांश भारतबाट फर्र्किएका थिए । तर, दोस्रो लहरमा भने नगरले आफ्नै अस्पताल बनाएकाले सहज भयो । ‘दोस्रो लहरमा हामीले नगर कोभिड अस्पताल बनाइसकेका थियौँ,’ उनले भने, ‘एम्बुलेन्स निःशुल्क ग¥यौँ । परीक्षणलाई निरन्तरता दियौँ । यसले केही सहज भयो ।’

 

नगरपालिकाले १५ बेडको अस्पतालबाट करिब ३ सय मानिसलाई निको बनाइसकेको छ । पछिल्ला लहरमा अक्सिजन अभाव झेल्नु परेपछि हामीले यो वर्षबाट अक्सिजन प्लान्ट स्थापना गरिरहेका छौँ । ‘हामीले अक्सिजन अभाव भएकाले अर्को लहर आउँदा अभाव नहुने गरी कर्णाली प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापन गरेका छौँ,’ उनले भने । प्रदेशले अक्सिजन प्लान्ट राख्न सहयोग गरे पनि संघले केही सहयोग गरेन । संघले पठाउने बजेट पनि सन्तुष्ट हुने खाले छैन । बजेट स्थानीय सरकारको अधिकार कुल्चिएर आएको छ । ‘संघको बजेट स्थानीय सरकारको अधिकार कुल्चिएर ल्याइएको छ,’ उनले भने, ‘संघीय सरकारको आवश्यकताअनुसार बजेट दिइएको छ । जबकि स्थानीय सरकारको आवश्यकतालाई हेरेर बजेट बनाउनुपथ्र्यो । ससर्तको बजेट बढाएर टुक्रे १०÷१५ हजारको कार्यक्रम संघले पठाएको छ ।’ बजेटले नयाँ स्वरुपलाई बुझ्न  नसकेको देखियो ।


निर्वाचित भएर आएको चार वर्षमा नगरमा चक्रपथलाई ग्राभेल गर्ने काम गरिसकेका छौँ । फोहोर व्यवस्थाफन गर्न ल्यान्डफिल्ड साइट निर्माण गरिसकेका छौँ । त्यस्तै, निर्वाचित भएर आउँदा दुई वटा वडामा बिजुली पुगेको थिएन । अहिले पुर्‍याइसकेका छौँ । कानुन क्षेत्रमा ८७ वटा कानुन निर्माण गरेर कार्यान्वयन अवस्थामा रहेको छ । धेरै वडामा मेलमिलाप केन्द्र निर्माण भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा पुगेको छ । 


यो वर्षको बजेट प्राथमिकता कोभिड नियन्त्रणलाई दिइएको छ । ‘यो वर्षको मुख्य प्राथमिकता कोभिड नियन्त्रण नै हो,’ उनले भने, ‘कोभिडले शिक्षालाई पनि केही अवरुद्ध गरेकाले त्यसलाई वैकल्पिक तरिकाले सुरु योजना छ ।’ यसबाहेक नगरले सडक उज्यालो कार्यक्रमअन्र्तगत हाइ मार्चलाई राखेको छ । पूर्वाधारमा पुराना अधुरा कामलाई निरन्तरता दिएका छौँ । यो अवधिमा चाहेर गर्न नसकेका काम थुप्रै छन् । धेरैजसो भने पूरा भइसके । नगरलाई हरियाली बनाउने, खानेपानी व्यवस्थित गर्ने काम हुन सकेन । ‘खानेपानीको समस्या छ,’ उनले भने, ‘यो समस्या समाधान गर्न सकिएन । भेरीको पानी ल्याउनुपर्नेछ । तर, ठूलो लगानी लाग्ने हुँदा काम गर्न सकिएन ।’