close

धनकुटा सहरलाई फूलबारी बनाउन सफल भयौँ

धनकुटा सहरलाई फूलबारी बनाउन सफल भयौँ

Trulli
ADVERTISEMENT

चिन्तन तामाङ,  नगरप्रमुख

धनकुटा नगरपालिका, धनकुटा


जिल्ला अस्पताल भएको नगरपालिका भएकाले धनकुटा नगरपालिकालाई कोरोना नियन्त्रण गर्न ठूलो समस्या भएन । कोरोनाको ठूलो संक्रमण पनि देखिएन । तर, नगरपालिकामा बाहिरबाट आउने मानिस राख्न क्वारेन्टाइन बनायौँ । बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्यो । यसबाहेक कन्ट्याक्ट ट्रेसिङ, परीक्षण पनि निरन्तर गरिरह्यौँ । जिल्ला अस्पतालमा अन्य बिरामीको पनि चाप हुने भएकाले ६० बेडको कोभिड अस्पताल नगरपालिकाले नै सञ्चालन गर्‍यो  । 


कोरोना नियन्त्रणमा नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गर्‍यो  । पूर्वाधारमा छुट्याएको रकमबाट रकमान्तर गरेर खर्च गरियो । ‘हामीले कोरोनाका लागि बजेट छुट्याएका थिएनौँ,’ उनले भने, ‘आफ्नै विभिन्न स्रोतको रकमलाई रकमान्तर गरेर खर्च गर्‍यौँ । माथिबाट कोरोनाका लागि बजेट आएन ।’ 


केन्द्र सरकारले बनाएको बजेट सन्तुष्ट हुने खाले नभए पनि सबै कुरा समेटेको छ । ‘संघले बनाएको बजेट ठीकै छ,’ उनले भने, ‘पहिलेकै कुरालाई प्राथमिकता दिएको छ । सबै कुरा समेटिएकै छन् ।’ 


नगरको विकासका लागि चार वर्षको अवधिमा थुप्रै काम गरेका छौँ । कृषि क्षेत्रमा उत्पादनमा उत्पादन बढाउन लागि यान्त्रिकीकरण गरेका छौँ । पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गरेका छौँ । धनकुटालाई एभोकाडोको राजधानी बनाउन एभोकाडोको उत्पादनमा जोड दिएका छौँ । विभिन्न क्षेत्रमा पकेट क्षेत्र घोषण गरेर उत्पादनलाई जोड दिइएको छ ।


अन्तिम वर्षको बजेटमा पनि कृषिलाई प्राथमिकतामा राखेका छौँ । ‘हामीले अन्तिम वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘कृषिबाहेक अधुरा कामलाई निरन्तरता दिएर सिध्याउनु यो वर्षको बजेटको लक्ष्य छ ।’


यस अवधिमा मैले नागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा भइसकेका छन् । सहरलाई पूरै फूलबारीयुक्त बनाउन सफल भएका छौँ । खानेपानी अभाव भएकाले नगरभरमा पुग्ने पानी पर्याप्त बनाउने वाचा पूरा भएको छ । नगरभित्र भएका खरका छानोलाई विस्थापन गरर टिनको छानो लगाउने काम सम्पन्न भएको छ । 
ठूलो सपना नदेखाएको र देखाएका सपना पूरा भइसके । ‘मैले नागरिकलाई ठूलो सपना देखाएको थिइनँ,’ उनले भने, ‘देखाएको सपना पूरा गरिसकेको छु ।’