close

मेयर बालेनलाई ओलीको तबला

मेयर बालेनलाई ओलीको तबला

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ ओली निवास बालकोट पुगेका थिए । भेटका क्रममा ओलीले मेयर शाहलाई तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन् ।

बालेन र ओली बीच यो दोस्रो भेट हो । यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

यस अघि एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू र्‍याप गाउन सक्ने भन्दै घुमाउरो पारामा बालेनको प्रशंसा गरेका थिए ।

बालेन र्‍यापर पनि हुन् । बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् ।

केही समयअघि बालेननले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग समेत भेटवार्ता गरेका  थिए ।

आफूसँग पराजित भएका उम्मेदवारहरु सिर्जना सिंह र केशव स्थापितसँग पनि बालेनले भेट गरेका थिए ।