close

अनियमितताको आरोप लागेका अध्यक्ष भन्छन् : अनियमितता गरेको छैन

अनियमितताको आरोप लागेका अध्यक्ष भन्छन् : अनियमितता गरेको छैन

Trulli
ADVERTISEMENT

काठमाडौं । नुवाकोट तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीमाथि भ्रष्टाचारको आरोप लगेको छ । 

वडा नम्बर ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गाउँपालिको बोर्डमा पालिका अध्यक्षले अनियमितता गरेको आरोप लगाए । 

‘भर्खर निर्वाचन भएको छ । दुर्गम गउँपालिकाका भएकाले सहरको जस्तो डिजिटल बोर्ड हाल्नुपर्ने अवस्था छैन । सामान्य बोर्डले चलाउँदा पनि हुन्छ । जनता पीडादायी अवस्थामा छन् । तिनलाई राहत उपलब्ध गराऔँ, एम्बुलेन्स मर्मत गराऔँ भनेका हौँ,’ उनले भने, ‘तर, उहाँले पेलेर बोर्ड बनाएर बढी मूल्य देखाउनुभयो ।’

बोर्डमा अनियमितता भएको भन्ने अनुमान आफ्नो मात्रै नभएको उनको भनाइ छ । 

राज्यको सम्पाति अनियतता गर्नुहुँदै भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले अध्यक्षले कार्यपालिका सदस्यले थाहा पाउनुपर्ने कुराहरू पनि थाहै नदिई गर्ने गरेको गुनासो गरे । 

तर, पालिका अध्यक्ष शिव अधिकारीले बोर्ड खरिदमा अनियमितता नभएको बताए । आफ्नो निर्देशनमा भन्दा पनि प्रशासनिक प्रक्रियाबाट बोर्ड खरिद गरेको उनले बताए । 

‘पहिला गाउँपालिकाको भवन भाडामा बस्थ्यो । अहिले अफिस सर्‍यो । अफिस सरेपछि ५ लाखको बोर्ड किनियो । र, ठेक्कापट्टाका लागि निकालिने विज्ञापन बोर्डको काम गरेको हो । त्यसको पैसा तिरिसकेको पनि छैन । त्यो पालिका अध्यक्षले किन्ने पनि होइन । प्रशासनिक प्रक्रियाबाट  किन्ने हो, ’ उनले भने, ‘पालिका अध्यक्षकै भूमिका वडाध्यक्षलाई पनि हुनुपर्छ भन्नेहरूले गरेको यो अफवाह हो यो ।’

केही दिनअघि मात्रै पालिका भाडाको घर छाडेर सामुदायिक भवनमा सरेको थियो ।