close

निर्वाचन आयोगले तोकेको जरिवानाप्रति धरान उपमहानगरका मेयर राईको असन्तुष्टि

निर्वाचन आयोगले तोकेको जरिवानाप्रति धरान उपमहानगरका मेयर राईको असन्तुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवानाप्रति असन्तुष्टि जनाएका छन् ।

समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनलाई ५लाख ५० हजार जरिवाना तोकेपछि उनले सोप्रति असन्तुष्टि  जनाएका हुन् । 

उनले तोकेको मितिभन्दा ढिलो गरी निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएका थिए ।  

समाजिक सञ्चालमार्फत् उनले बेलैमा सूचना नदिने निर्वाचन आयोगले जरिवाना चाहिँ मजाले ताेकेछ भन्दै धन्यवादसमेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलामा सूचना नदिने निर्वाचन आयोगले जरिवाना चाहिँ मज्जैले तोकेछ ! ५ लाख ५० हजार जरिवाना रे ! धन्यवाद ! मूरी मूरी धन्यवाद !’

यस्तै, आयोगले चुनावी खर्च विवरण समयमा नबुझाएपछि काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगन्ज महानगरपालिकाका मेयरलाई साढे सात लाख जरिवाना तोकेको छ ।