close

बालेन वाणी :  एकलाई प्रपोज गर्दा भएन भने अरू १०० जनालाई गर्नूस्

बालेन वाणी :  एकलाई प्रपोज गर्दा भएन भने अरू १०० जनालाई गर्नूस्

Trulli
ADVERTISEMENT

मानसिक समस्या प्रायः सबै मानिसमा आउँछ । एक्लो महसुस भएर वा कुनै दुःखमा परेर मानिस डिप्रेसनमा जान्छ । जसका कारण मानिस आत्महत्यासम्म पुग्छ । 

डिप्रेसनमा जानुको मुख्य कारण जीन्दगीमा हार्न हार्न नसिकेर हो । सोसल डिजिटल जमानामा सोसल मिडिया र सामाजिक सञ्जालमा व्यस्त भएका कारण हामीले हार्न जानेका हुँदैनौँ । 

हामी अहिले गेम पनि फिजिकलभन्दा पनि कम्प्युटरमै खेल्छौँ । खेलकुद हाम्रो फिजिकल फिटिङका लागि मात्रै होइन । यसले मानिसको मेन्टालिटी अलअर्टमा पनि सहयोग पुर्‍याउँछ । जसलाई हामीले ध्यान दिएका हुँदैनौँ । 

र, हामी खेल जित्नलाई मात्रै खेल्दैनौँ । हरेक दिन खेल खेल्दा हामी खेल जित्दैनौँ, हार्छौँ पनि । त्यसैले हार्न सिक्नलाई खेल खेल्नुपर्छ । हारले धेरै कुरा सिकाउँछ । 

मानौँ कि तपाईं एकैपटकमा सफल हुनुभयो भने कम कुरा सिक्नुहुन्छ । तर, हार्दै हार्दै लास्टमा सफल हुनुभयो भने तपाईँले धेरै कुरा सिक्नुहुन्छ । त्यहीँ भएर हामीले हार्न सिक्नुपर्छ । 

हामीले आफ्नै दाजुभाइ, दिदीबहिनी बुबा आमासँग आफ्ना कुरा सेयर गर्नुपर्छ । तर, हामी कहिल्यै त्यसो गर्दैनौँ । सेयर गर्न मनमा लागि रहेको हुन्छ । तर, अफ्ठ्यारो लाग्छ । र,ममी बाबासँग के कुरा गर्ने भनेर सोच्छौँ । तर, उहाँहरूसँग सेयर गर्नुपर्छ । उहाँहरूसँग सेयर गर्नुभयो भने उहाँहरू पनि खुसी हुनुहुन्छ । 

साथीभाइसँग सेयर गर्ने । सधैँ सोसियल मिडियामै झुन्डिएर बसियो भने भौतिक विश्मा के भइरहेको भन्ने कुरा थाहा हुँदैन । तसर्थ सेयर गर्न सिकौँ, हार्न सिकौँ । हारेर केही हुँदैन । मान्छेले हारिरहनुपर्छ । 

हामी कसैलाई प्रपोज गर्छौं उताबाट नो उत्तर आएपछि हामी हारेको महसुस गर्छौं । अनि के चाहिँ बुझ्दैनौँ भने एक जनालाई प्रपोज गर्‍यौँ नाो भयो तर अर्को १० जनालाई प्रपोज गर्दा भयो नि ।  १०० जनालाई गर्दा भयो । अनि जिन्दगीमा त्यही एकजना चाहिन्छ त्यो नभए त बाँच्नै सक्दिनँ भन्ने सोच हुन्छ त्यो गलत कुरा हो,  हाम्रो बायोलोजीकल कुरा मात्र हो त्यो । हामीले अर्कोलाई ट्राई गर्दा हुन्छ। अर्कोले पनि  नो भने फेरि अर्कोलाई प्रपोज गर्दा हुन्छ, केही फरक पर्दैन। 

परीक्षामा फेल भयो भने हामी डराउँछौँ नि, मैले सोचेको थिएँ ८०५ आउनुपर्थ्यो आएन, ६०५ आउनुपर्थ्यो आएन , फेल भइयो, पास भइएन, यी कुरा एकदमै सामान्य हुन्छन्। तपाईं ब्याचलर सकिएपछि, मास्टर्स सकिएपछि तपाईंले काम गर्दै जाँदा कसैलाई मतलव हुँदैन यसले के पढ्या थियो, कति ल्याएको थियो, कुन विश्वविद्यालयमा पढेको थियो, कसैले सोध्दा पनि सोध्दैनन् ।  कसैलाई याद पनि हुँदैन ।

म इन्जिनियरिङमा सेकेन्ड डिभिजनमा पास भएँ । जम्मा २।८८ जिपिए आएको थियो। अनि गणितमा सधैँ फेल हुने मान्छे । अनि मैले एक्स्ट्रा गणित विषय लिएको थिएँ ।

त्यसैले गर्दा इन्जिनियरिङ पढ्न पाएको जम्मा ४० कि ४२ कति आएको थियो। 

सधैँ गणितमा फेल हुने मान्छे इन्जिनियर भएँ अहिले।

हामी निकै कमजोर छौँ भन्ने सोच्छौं मलाई यो चिज आउँदैन, मलाई यो चिजमा विज्ञता छैनौँ भनेर सोच्छौं तर त्यो केही फरक पर्दैन किन कि तपाईंको नराम्रो चिजनै सबैभन्दा राम्रो चिज बन्न सक्छ। जस्तै मेरो जीव विज्ञानमा ८७ आएको थियो ।  तर, म डाक्टर भइन् ।  तर, गणितमा ४२ आएको थियो इन्जिनियर भएँ। अनि इन्जिनियरिङमा हाम्रो सैद्धान्तिक संरचना भन्ने हुन्छ ।  तीन वटा विषय हुन्छ, तीन चोटि नै फेल भएको हो ।  त्यही विषयमा रिस उठेर यसले अति नै गर्‍यो भनेर त्यही विषयको मास्टर पढेँ ।  मैले अनि युनिभर्सिटी टपर भएँ। 

अनि हामीले जहिल्यै सोच्छौं हाम्रो कमजोरी हुन्छ, हामी हारिरहेको हुन्छौं, हामी फेल भइरहेका हुन्छौँ ।  तर, त्यो राम्रो कुरा हो। हामीलाई फेलरले बढी सिकाउँछ। तपाईं एकैचोटिमा फर्स्ट हुनुभयो, एकैचोटिमा अगाडि बढ्नुभयो भने कम कुरा सिक्नुहुन्छ ।  तर, तपाईं हार्दै हार्दै अगाडि बढ्नुभयो भने धेरै कुरा सिक्नु हुन्छ। 

(काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधनका क्रममा काठमाडौंका मेयर बालेन साहको 'उत्पेरक अभिव्यक्ति' उनकै शब्दमा)