close

सिटिनेटमा ललितपुरका मेयर चिरिबाबु निर्वाचित

सिटिनेटमा ललितपुरका मेयर चिरिबाबु निर्वाचित

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरूको सङ्गठन (सिटिनेट)को कार्यसमितिमा निर्वाचित भएका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार सम्पन्न नवौँ अधिवेशनबाट नेपालका तर्फबाट महर्जन कार्यसमितिमा निर्वाचित भएका हुन् । त्यसैगरी अधिवेशनले सिटिनेटको अध्यक्षमा दक्षिण कोरियाको सियोल सहरका मेयरलाई चयन गरेको छ।

महासचिवमा अमेरिकाका विजय जगन्नाथन चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्य अवधि सन २०२६ सम्म चार वर्षको रहनेछ । सिटिनेट एसिया प्यासिफिक क्षेत्रका १७३ मेयर र विषयविज्ञ सहमागी भएको सञ्जाल हो ।