close

बराहक्षेत्रमा मेयरसँग रोजगार कार्यक्रम सञ्चालन हुने

बराहक्षेत्रमा मेयरसँग रोजगार कार्यक्रम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका तथा विपन्न युवा लक्षित कार्यक्रम सञ्चालन हुने बताएका छन् । 

बेरोजगार समस्या निराकरणका लागि मेयरसँग रोजगार कार्यक्रममार्फत युवालाई सिप प्रदान गरेर स्वदेशमा नै रोजगारी प्रदान गर्ने योजना छिट्टै लागू गर्ने उनले बताए । 

यस्तै, उनले लागुऔषध दुर्व्यसन, महिला तथा बालबालिकामा यौन दुर्व्यवहार, लैंगिक हिंसाजस्ता समस्या पालिकामा रहेको बताउँदै सुरक्षाकर्मीसँग समन्वय गरेर यस्ता समस्याको निराकरण गर्ने बताए । 

‘यस्ता समस्यालाई हटाउन गम्भीरतापूर्वक हेरेको छु । सडकका नियम पालना नगरेको देखेमा म आफैँले पनि सम्झाइबुझाइ गर्ने र फेरि पनि त्यस्ता घटना दोहोरिएमा कानुनी सहयता लिनेजस्ता काम गरेको छु ।’