close

आफैं नगरप्रमुख हुँदा कानुन बनाउन सकिनँ : अग्रवाल

आफैं नगरप्रमुख हुँदा कानुन बनाउन सकिनँ : अग्रवाल

Trulli
ADVERTISEMENT

मोरङ । रंगेली नगरपालिकाका प्रमुख दीलिपकुमार अग्रवालले पालिकामा आवश्यक कानुन निर्माण हुन नसकेको बताएका छन् ।  

अघिल्लो कार्यकालका लागि आफू नगरप्रमुखमा विजयी भए पनि अल्पमतका कारण आवश्यक कानुन निर्माण गर्न नसकेको उनले बताए । 

‘अल्पमत रहेकाले अघिल्लो कार्यकालमा सोचेअनुसार कानुन, विधेयक, ऐन निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘अहिले बहुमत छ । अब कानुन निर्माण गर्छौँ । विषयगत समितिलाई काम गर्न निर्देशन दिएका छौँ ।’ 

यस्तै, फरक विषयमा उनले नगरपालिकामा भू–उपयोगको नीति लागू गर्नका लागि भू-उपयोग समिति गठन भएको बताए । 
तर, आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित गरी निर्वाचन आयोगले आचारसंहिता लगाएपछि तत्कालका लागि  काम रोकिएको उनको भनाइ छ । पालिकाका ९ वटै वडामा स्वास्थ्यचौकीबाट सेवा प्रवाह भइरहेको उनले बताए । 

सेवा प्रवाहका लागि फरक–फरक योजना ल्यउनुभन्दा पनि सञ्चालनरत कार्य चुस्त रूपले गरे पलिका विकासका लागि भरपूर हुने उनको भनाइ छ । 

आर्थिक विपन्न १८ सय परिवारलाई वडागत रूपमा पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गराएको बताउँदै उनले त्यसका लागि आवश्यक ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।