close

कर्मचारीमा कम उत्तरदायित्व भएको मेयरको गुनासो

कर्मचारीमा कम उत्तरदायित्व भएको मेयरको गुनासो

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले कर्मचारीमा जनप्रतिनिधिप्रति कम उत्तरदायी भएकाे भनी गुनासाे गरेका छन् । 

पालिकासँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

‘कर्मचारी र जनप्रतिनिधिसँग मिल्दोजुल्दो हुँदैनन् । उनीहरूमा जनप्रतिनिधि अस्थायी सरकार भन्ने सोच हुन्छ । आफूहरू स्थायी सरकार र जनप्रतिनिधिलाई अस्थायी नेतृत्वको रूपमा हामी जे पनि गर्न सक्छौँ भन्ने सोच हुन्छ,’ उनले भने, ‘स्थायी सरकार र जनप्रतिनिधि पाँच वर्षका लागि आएका हुन्छन् ।’

करार कर्मचारीका कारण नगरमा आर्थिक भार परेको बताउँदै उनले व्ययभार घटाउने गरी काम भइरहेको बताए । 

‘संघीयता भए पनि जनताले महसुस गर्न पाएका छैनन् । संविधान निर्माण भएको आठ वर्ष भए पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । संघीयता कार्यान्वयनका लागि कर्मचारी पनि ठीक हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनता पहिलेको शासन र विदेशी शासनमा पनि जान सक्दैन । यसैलाई सुधार गर्दै लैजानु पर्छ । जनतालाई यहीबाट प्रत्याभूत गर्ने, नैतिक समाजको स्थापना र समाज परिवर्तन गर्नुपर्छ । आफ्नो क्षेत्रअनुसारको जिम्मेवारी पूरा गर्नुपर्छ । कर्मचारीले पैसा कमाउने, काठमाडौंमा घर बनाउने सोचको परिवर्तन गर्नुपर्छ । अनि मात्रै जनताले परिवर्तन भएको महसुस गर्न सक्छन् । 

सुशासनका लागि कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । अनि मात्रै संघीयता टिक्छ ।’

ग्यासलाई विस्थापित गरेर विद्युतीय सामग्रीको प्रयोग गर्नुपर्ने बताउँदै उनले जंगल घरायसी ऊर्जाका लागि जंगल मास्नु नहुने बताए ।