close

‘पूर्वअध्यक्षले पालिकालाई तीन करोड ऋणमा डुबाए’

‘पूर्वअध्यक्षले पालिकालाई तीन करोड ऋणमा डुबाए’

Trulli
ADVERTISEMENT

काठमाडौं । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले १०० दिनको अवधिमा सोचेअनुरूप काम गर्न नसकेको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले प्रदेशबाट गर्नुपर्ने जति सहयोग नगरेको र पूर्वपालिका प्रमुखले शून्य बजेट भनेर ३ करोड पालिकालाई लोन लगाएर गएको बताउँदै उनले सोचेअनुरूप काम गर्न नसकेको बताए । 

‘गाउँपालिकामा तिन वटा बर्थिङ सेन्टरमा दुईवटा मात्र सञ्चालनमा थिए । मैले अर्को पनि सञ्चालनमा ल्याएको छु । ल्याब र २४ घन्टे इमर्जेन्सि सेवा उपलब्ध गराएँ,’ उनले पालिका खबरसँग भने । 

कर्मचारी र आफूबीच समधुर सम्बन्ध रहेको बताउँदै उनले सामाजिक सुरक्षाको समस्यामा मिलेर काम गरिरहेको बताए ।