close

व्यक्ति र पार्टीभन्दा माथि उठेर जनताको काम गर्छु : नगरप्रमुख बस्नेत

व्यक्ति र पार्टीभन्दा माथि उठेर जनताको काम गर्छु : नगरप्रमुख बस्नेत

Trulli
ADVERTISEMENT

उदयपुर । त्रियुगा नगरपालिका नगरप्रमुख बसन्तकुमार बस्नेतले गाउँ कार्यपालिकाले व्यक्तिगत र पार्टीगत कुरा पूरा गर्न नसक्ने बताएका छन् । 

निर्वाचित भएसँगै सबै मतदातासँग जोडिने भएकाले कार्यपालिकाले पालिकावासीका काम गर्ने गरेको बताए । सडक, बत्ती, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, हवाइ मैदान विमानस्थान निर्माणलगायत कार्यको योजना रहेको बताउँदै उनले खानेपानी समस्या समाधानका लागि काम सुरु भएको बताए । 

‘फोहोर व्यवस्थापनका लागि निजी संस्थासँग सहकार्य गरेर गर्दै लैजाने छौँ । फोहोर प्रशोधन केन्द्र स्थापन गरी व्यवस्थापन गर्ने छौँ । कृषि क्षेत्रमा स्वीच सरकारसँग साझेदारी गरी काम गर्दै छौँ । शिक्षाको सुधारको लागि कार्यक्रम ल्याएका छौँ । न्यून आयका परिवारको सन्तानलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरेका छौँ । त्यसको लागि कोषको पनि स्थापना गरिसकेको छ ।’

जनताका आकांक्ष धेरै चाहना भएको बताउँदै उनले खानेपानी र स्वास्थ्य समस्या रहेको जानकारी दिए । पालिकाको सिमानासँग जोडिएको सडक र पुल निर्माणका लागि संघीय सरकारको सम्बन्धित कार्यालय र मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।